बिहीबार, असार ११,२०८३ 08:08:11
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:08:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेशनल लाईफले ल्यायो बालअमृत– ४ सावधिक बीमालेख, आकर्षक विशेषताले भरिपूर्ण

Laxmi Sunrise Bank Limited
नेशनल लाईफले ल्यायो बालअमृत– ४ सावधिक बीमालेख, आकर्षक विशेषताले भरिपूर्ण

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना बरिष्ठ अभिकर्ताहरुको रायसुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बालअमृत बीमालेख अन्तर्गत बालअमृत–४ सावधिक बीमालेख सार्वजनिक गरेको छ ।  

जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागीय प्रमुखहरु सम्मिलित एक समारोहकाबिच प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सो बीमालेख सार्वजनिक गरेका थिए । 

New Office
CG Motors
Garima Development Bank

विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बालअमृत बीमालेखलाई अझ बढी परिस्कृत गरी बालअमृत सावधिक बीमालेख–४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बालबच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताएका थिए ।  

यस बीमालेख योजनाका विशेषताहरुका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउनुहुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्षसम्म रहने प्रावधान छ ।  

यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमाङ्क रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा बुझाउन सकिने व्यवस्था गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० बर्ष रहेको छ । साथै चुक्तामूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगायतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेका छन् ।  

यस बीमालेखलाई प्रवद्र्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको सो क्रममा सीईओ खत्रीले जानकारी दिए । उनले अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेबसाइट र  नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको प्रष्ट पारे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.