शुक्रबार, श्रावण १,२०८३ 02:47:25
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:47:25
Bizshala
Global IME Bank Limited

दक्षिण एशियामै सवल नेपालको बैंकिङमाथि नियोजित प्रहार: पौड्याल

दक्षिण एशियामै सवल नेपालको बैंकिङमाथि नियोजित प्रहार: पौड्याल
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेकामा चिन्ता व्यक्त गरे ।  

नाफिजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  

‘बैंकिङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन।’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ । बेला–बेलामा आएका भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्यामा समेत केन्द्रीय बैंकले विभिन्न सहज व्यवस्था गरिदिएको अवस्था थियो ।’

परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? भन्ने प्रश्न गर्दै उनले यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।  

पौड्यालले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए । ‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ।’ उनले भने, ‘केही व्यक्तिले बैंक डुब्न लागेर भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ । यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ ।’

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राखे । यदि बैंकिङ क्षेत्रममा समस्या आए त्यसले सम्रग अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नेमा उनले चिन्ता व्यक्त गरे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.