काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म खुद बीमाशुल्क आर्जन र नाफा दुवै बढाएको छ । कम्पनीले यो अवधिसम्म ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ५६.५५ प्रतिशतले खुद नाफा बढाउदै २५ करोड ३ लाख पुर्याएको छ । कम्पनीको कुल खर्च ५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ५ अर्ब ८ करोड रुपैयाँ थियो । कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो। दोस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ६ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार २५ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ५६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.७२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२६.२३ रुपैयाँ र पीई अनुपात ४८.०५ गुणा कायम भएको छ ।