काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा लामो समयपछि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यो सँगै आज बनेको क्याण्डलले यसअघि बनेका ४ वटा क्याण्डललाई पूरै ढाकेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिदै गरेको देखिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा यसअघिका ८ कारोबारपछि उच्च कारोबार भएको देखिन्छ । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआइमा बजारले डब्लु प्याटर्न बनाएको छ । यसले पनि बढ्दो बजारलाई संकेत गर्छ ।
डाउ थेउरीबाट नियाल्दा बजारले हायर लो कन्फर्मेसन गरेको छ । यसले पनि बजारले माथिको यात्रा तय गर्न सक्ने देखिन्छ । यस हिसाबले यदि आगामी दिनमा बजारमा २७०० विन्दुभन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले पुनः एकपटक अप ट्रेन्ड लिन पनि सक्छ । पिभट् मार्फत नियाल्दा आज २६९८ विन्दुमा बन्द भएको बजारले अब क्रमशः २७०४,२७५० र २८१९ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ भने घटेमा २६३५, २५८८, २५२० विन्दुमा सपोर्ट लिन पनि सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।