काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ ।
यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए ।
अब भने बैंकहरुले पनि लागू गर्ने भएपछि बैंकका ग्राहक तथा लगानीकर्ताहरुले ठाउँ–ठाउँमा केवाइसी भर्दै हिड्नुपर्ने झन्झटिलो अवस्थाबाट मुक्ति पाउने भएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।