काठमाण्डौ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयरलाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरणका क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । यस घटनामा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न टोलीले जनाएको छ । घाइते हुनेमा एक बालक र दुई वयस्क रहेका छन् ।
एफएएका अनुसार विमानबाट सबै यात्रुलाई बाहिर निकालिएको छ। विमान पल्टनुको कारण भने अझै खुल्न सकेको छैन । क्यानडाको यातायात मन्त्रीले यो गम्भीर घटनालाई नियालिरहेको बताइन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                