मंगलवार, आश्विन १३,२०८३ 02:52:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:52:24
Bizshala
Global IME Bank Limited

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव

Bizshala
बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव
New Office

काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता तथा बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेटले बर्कशायर हाथवे २०२३ को सेयरधनीहरुलाई लेखेको पत्रमा लगानीकर्ताका लागि समय सुहाउँदो लगानीको सिद्धान्तहरुबारे उल्लेख गरेका छन् । वफेटले प्रत्येक वर्ष सेयरधनीहरुका लागि पत्र लेख्ने गर्छन ।  

वफेटले लेखेको पत्रमा लगानीका १५ वटा नियमहरु बारे बताइएको छ । उनले पत्रमा अरु लोभी बन्दा आफु भयभीत बन्न र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाएका छन् । बफेटले चर्चा गरेका १५ सिद्धान्त यस्ता छन्ः

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१.धैर्यले दिने गर्छ फल

सेयर बजारमा धैर्यर्ताको एकदमै ठूलो महत्व हुने गर्छ । बफेटका अनुसार सेयर बजार धैर्यवान व्यक्तिसम्म पैसा पुर्याउनका लागि डिजाइन गरिएको हुन्छ । बफेटले लगानीकर्तालाई सेयर बजारमार्ताका धैर्यताका साथ चल्न सुझाव दिएका छन् ।  

२.दीर्घकालिन सोच

बफेटले लगानीकर्तालाई लामो अवधिको सोच बनाएर सेयर बजारमा लगानी गर्न सुझाव दिएका छन् । अल्पकालीन लगानी क्षणिक हुने तर दीर्घकालको लगानी टिकाउ र निश्चित हुने बफेटको भनाई छ ।  

३.परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुस्

एउटा कुनै कम्पनीको सेयर बढी मूल्यमा खरिद गर्नुको साटो वित्तीय प्रतिवेदनका आधारमा सहि मूल्य भएको कम्पनीको सेयरमखरिद गर्न बफेटले सुझाव दिएका छन् ।  

४.आफ्नो लगानीलाई बुझ्नुस्

आफुले गरेको लगानीका बारेमा थाहा नपाउँदा सेयर लगानीकर्ताले गुमाउने गरेको बफेटको निष्कर्ष छ । उनले लगानीकर्तालाई आफ्नो लगानीको महत्वबारे बुझ्न र लगानीले जीसवनमा पार्न सक्ने प्रभावको बारेमा बुझेर लगानी गर्न भनेका छन् । उनले लगानीको बारेमा समय–समयमा थाहा पाइराख्न सुझाव दिएका छन् ।  

५.व्यापारमा गर्नुस लगानी,टिकर्स(कारोबार अवधिभर देखाई रहने कम्पनीको सेयरमूल्य)मा होइन  

बफेटले राम्रो आम्दानी भएको कम्पनीमा लगानी गर्नुपर्ने बताएका छन् । उनले टिकर्समा लगानी लाभदायी नहुने बताएका छन् । उनले राम्रो व्यवस्थापन भएको कम्पनीमा रहेको स्वामित्वलाई बिक्री नगर्न लगानीकर्तालाई टिप्स दिएका छन् ।  

६.आफ्नो क्षमताको दायरा कायम गुर्नस्  

तपाईलाई कुनै कम्पनी विशेष वा कयौँ कम्पनीको विशेषज्ञ हुन आवश्यक छैन । तपाई केवल आफ्नो क्षमताको हिसाबले कम्पनीहरुको मूल्यांकन गर्न सक्षम हुन आवश्यक हुने बफेटको धारणा छ ।  

७.ऋणबाट सावधान रहनुस्  

बफेटले ऋण लिएर लगानी गर्नबाट जोगिन सुझाब दिएका छन् । जब तपाईले ऋण लिएर लगानी गर्नुहुन्छ र तपाईलाई फाइदा हुन्छ भने यसमा कसैको पनि ध्यान जादैन । तर जब तपाईले घाटा व्यहोर्नुहुन्छ तब सबैको ध्यानमा यसमा पर्ने गर्छ । यसले तपाईलाई समस्यामा पार्न सक्छ । त्यसैले ऋण लिनबाट बच्न बफेटले सुझाव दिएका छन् ।  

८.धेरै डाईभर्सिभाइडबाट बच्नुहोस्  

लगानीकर्तालाई जब आफु के गरिरहेको छु भन्ने थाहा हुँदैन तब यसले आफनो पोर्टफोलियोलाई धेरै डाइभर्ट गर्ने गर्छ । त्यसैले सोचेर गरिएको लगानीमा धेरै डाईभर्सीफाइड हुन आवश्यक नरहेको बफेटको तर्फ छ ।  

९.जब अरु लोभी बन्छन् तपाई भयभीत हुनुस्,जब अरु भयभीत हुन्छन् तपाई लोभी बन्नुस्

लगानीका लागि यो सिद्धान्त एकदमै महत्वपूर्ण रहेको बफेटले बताएका छन् । अरु लोभी बनेका बेला आफुभित्र डर वा आशंका हुनुपर्ने र अरु डराएका बेला आफु लोभी बन्नुपर्ने बफेट बताउँछन् । यसो गर्दा सेयर बजारबाट कमाउन सजिलो हुने उनी बताउँछन् ।  

१०.आन्तरिक मूल्यमा ध्यान दिनुस्  

लागत त्यो हो,जो तपाई तिर्नुहुन्छ । मूल्य त्यो हो जो तपाईले पाउँनुहुन्छ । त्यसैले लगानीकर्तालाई कम्पनीको आन्तरिक मूल्यमा ध्यान दिन बफेटले सुझाव दिएका छन् ।  

११.बजारको उतार चढावमा ध्यान नदिनुस्

बफेटका अनुसार भगवानले जस्तै सेयर बजारले पनि ती व्यक्तिलाई मदत गर्छ,जुन व्यक्तिले आफ्नो मदत स्वयम गर्न सक्छ । तर भगवानको विपरीत बजारले ती व्यक्तिलाई माफ गर्दैन जसलाई आफु के गरिरहेको छु भनेर आत्मबोध हुँदैन ।  

१२.बजारलाई समय नदिनुस्  

बफेटका अनुसार सफल लगानीकर्ताले बजारमा सक्रिय रहेर भन्दा पनि शान्त र सालिन भएर पैसा कमाउन सक्छन् । लगानीकर्तामा देखिने अस्थिरताका कारण उनीहरुले पैसा गुमाउने गरेको बफेट बताउँछन् ।  

१३.आफ्नो क्षमतको अधिनमा रहनुस्  

नियम नम्बर १ः कहिल्यै पैसा ननगुमाउनुस् । नियम नम्बर २ः नियम नम्बर एकलाई कहिल्यै नबिर्सनुहोस् । अरुको लहलहैमा लागेरभचन्दा पनि आफ्नो क्षमताभित्र रहेर लगानीगर्नुपर्नेमा  बफेटको जोछ छ ।  

१४.तर्कसंगत रहनुस्

कम मूल्यको सबैभन्दा आम कारण निराशावाद हो । लगानीकर्ताले केहिलेकाँही कम्पनी वा समग्र पूँजीबजारप्रतिको धारणा व्यापक बनाउनुपर्ने हुन्छ । जडशुत्रबादी बन्यो भने यसले समस्यामा पर्ने बफेटको धारणा छ । तर्कतसंगत ढंगले सेयर बजारमा लगानी गर्न र तर्फसंगत ढंगले कारोबार गर्न बफेटले लगानीकर्तालाई पत्रमा उल्लेख गरेका छन् ।  

१५. विनम्र रहनुस् र सिक्दै गर्नुस्

उतारथढावपूर्ण सेयर बजारमा लगानीकर्ताले जस्तोसुकै परिस्थितीमा पनि विनम्र रहन आवश्यक हुन्छ । यस्तोमा बजारमा चालिएका प्रत्येक पाइलामा केहि न केहि  नयाँ सिक्दै अघि बढ्नुपर्छ ।  

बफेट विश्वका छैटौँ धनी व्यक्ति हुन् ।  -एजेन्सी

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.