काठमाण्डौ। काठमाण्डौको बूढानीलकण्ठबाट अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ जना भारतीय पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार राती छापा २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद गरेको छ ।
यो समूहले स्काई एक्सचेन्ज वेबसाइटमार्फत अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए । अनलाइन गेम तथा बेटिङ खेल्न भनेर रकम जम्मा गर्न लगाएर उक्त रकम उनीहरुले भारत पुर्याउने गरेको पाइएको समेत प्रहरीले जनाएको छ ।