मंगलवार, आश्विन ६,२०८३ 08:04:17
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 08:04:17
Bizshala
Global IME Bank Limited

नेशनल लाईफको ३८ औं वार्षिकोत्सव सम्पन्न

नेशनल लाईफको ३८ औं वार्षिकोत्सव सम्पन्न
New Office

काठमाण्डौ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । 

कम्पनीको ३८ औं वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित,अभिकताए एवं कर्मचार्रीहरु र शुभेच्छुकहरुप्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आभार व्यक्त गर्दै यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बालबालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवाआश्रम जस्ता संस्थाहरुमा यस्ता प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ क्रिकेट, पुरुषतथा महिलातर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।  

बुढानिलकण्ठस्थित होटल लेमन ट्रिमा मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.