काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारी गरेको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
फागुन १५ गते भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धि सम्झौतामा टाईम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुर्दशन लाल श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
यो कम्पनी विगत ३० बर्ष देखि गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा कारखाना र ललितपुर सातदोवाटोमा मार्केटिङ कार्यलय स्थापना गरी ३०० जना भन्दा बढी कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिईरहेको एक प्रतिष्ठित डब्लूएचओ–जीएमपी सर्टिफाइड उद्योगको रुपमा परिचित छ । यस कम्पनीबाट Sinex, Paraflam, Salif, Pulmarin, AZT, SITA-M, Clarith, Folvin, T-Zoline, Himoxजस्ता ब्राण्डहरु विभिन्न Therapeutic Segment हरुमा करिब २०० भन्दा बढि गुणस्तरीय औंषधिहरु उत्पादन गरी देशभरी सेवा पुर्याई रहेको छ ।
साथै, कम्पनीले व्यापारीक सञ्जाल विस्तार तथा प्रबिधि भित्राउन मित्रराष्ट्र बङ्लादेश स्थित SQUARE Pharmaceuticals Plc र हङकङ्गस्थित HK-VJM Limited संग व्यापारीक सहकार्य गरी औषधिहरु निर्यात गरिरहेको र आगामी दिनहरुमा अन्य राष्ट्रहरुमा पनि निकासी गर्ने योजना रहेको छ ।