बिहीबार, माघ २२,२०८२ 09:43:08
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 09:43:08
Bizshala
Global IME Bank Limited
Bizshala

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारी गरेको हो ।  

कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  

फागुन १५ गते भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धि सम्झौतामा टाईम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुर्दशन लाल श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।  

Bizshala
Garima Development Bank
New Office

यो कम्पनी विगत ३० बर्ष देखि गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा कारखाना र ललितपुर सातदोवाटोमा मार्केटिङ कार्यलय स्थापना गरी ३०० जना भन्दा बढी कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिईरहेको एक प्रतिष्ठित डब्लूएचओ–जीएमपी सर्टिफाइड उद्योगको रुपमा परिचित छ । यस कम्पनीबाट Sinex, Paraflam, Salif, Pulmarin, AZT, SITA-M, Clarith, Folvin, T-Zoline, Himoxजस्ता ब्राण्डहरु विभिन्न Therapeutic Segment  हरुमा करिब २०० भन्दा बढि गुणस्तरीय औंषधिहरु उत्पादन गरी देशभरी सेवा पुर्याई रहेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

साथै, कम्पनीले व्यापारीक सञ्जाल विस्तार तथा प्रबिधि भित्राउन मित्रराष्ट्र बङ्लादेश स्थित SQUARE Pharmaceuticals Plc र हङकङ्गस्थित HK-VJM Limited संग व्यापारीक सहकार्य गरी औषधिहरु निर्यात गरिरहेको र आगामी दिनहरुमा अन्य राष्ट्रहरुमा पनि निकासी गर्ने योजना रहेको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.