आईतवार, असार १४,२०८३ 08:03:14
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:03:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन लाइफद्वारा साधारण सभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

Laxmi Sunrise Bank Limited
सिटिजन लाइफद्वारा साधारण सभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै बोनस सेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा रहेको चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने, कम्पनीबाट भएको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्चहरु अनुमोदन गर्ने र संशोधित प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यही फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.