मंगलवार, असार १६,२०८३ 09:41:06
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:41:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रक्सिराङ्ग गाउँपालिकामा चेपाङ्ग समुदायलाई इन्टरनेट नेटवर्क हस्तान्तरण

Laxmi Sunrise Bank Limited
रक्सिराङ्ग गाउँपालिकामा चेपाङ्ग समुदायलाई इन्टरनेट नेटवर्क हस्तान्तरण

काठमाण्डौ । नेपाल इन्टरनेट फाउण्डेशनको अगुवा इमार इन्टरनेट सोसाइटीको सहयोगमा स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चेपाङ्ग समुदायलाई नेटवर्क हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। रक्सिराङ्ग गाउँपालिका वडा नं. ५ (चैनपुर) र वडा नं. ६ (सिलिङ्गे(मा आयोजना गरिएको कार्यक्रममा समुदायलाई औपचारिक रूपमा नेटवर्क हस्तान्तरण गरिएको हो । जसले स्थानीय स्वामित्वको सुनिश्चितता गर्दै डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने जनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

समुदायलाई नेटवर्क गाउँपालिका अध्यक्ष राजकुमा रमल्ल र उपाध्यक्ष बनस्तम थिङलाई अध्यक्ष विक्रम श्रेष्ठद्वारा चेपाङ सामुदायिक सञ्जाल हस्तान्तरण गरिएको थियो। कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरि बहादुर प्रजा, वडा नं. ६ का अध्यक्ष आकल बहादुर मुक्तान, राष्ट्रिय माध्यमिक विद्यालय‚सिलिगें‚काँकडा र प्रजा जागृति माध्यमिक विद्यालय‚चैनपुर‚मकवानपुरका प्रधानाध्यापकहरू, स्थानीय नेताहरू, तथा समुदायका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नेटवर्कले ल्याउने परिवर्तन बारे चर्चा गर्दै भने ,‘पहिलोपटक हाम्रो समुदाय प्रत्यक्ष रूपमा इन्टरनेट पहुँचमा जोडिएको छ, जसले शिक्षा, स्वास्थ्य, र जीविकोपार्जनका नयाँ सम्भावनाहरू खोल्नेछ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल इन्टरनेट फाउण्डेशन तथा साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको चेपाङ्ग समुदाय नेटवर्कले दुर्गम क्षेत्रहरूलाई भरपर्दो र किफायती इन्टरनेट पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.