काठमाण्डौ । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले मोबाइल चार्ज गर्न सोलारको प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले हालै सम्पन्न ‘एमडब्लूसी २०२५ सोकेसमा’ यस्तो योजना सार्वजनिक गरेको हो ।
कम्पनीले मोबाइलको पछिल्लो भागमा एकिकृत सोलार प्यानल लगाउने र सोलारबाट चार्ज हुने फोन केस प्रयोग गर्ने जनाएको छ । यो योजना हाल अवधारणाका रुपमा मात्रै रहेको छ । तर एमडब्लूसीमा देखाइएको डेमो भने युनिट वान भने सञ्चालनजन्य र यसको आईडिया चाखलाग्दो रहेको छ ।
इन्फिनिक्सले यो सोलार उर्जालाई ‘रिजर्भिङ टेक्नोलोजी’को नाम दिएको छ । यसमा प्रयोग हुने सोलार सेलहरु परम्परागत सिलिकन सेलभन्दा उत्पादन गर्न सस्तो पर्ने जनाइएको छ । यो सेल त्यस्तो प्रणालीसँग जोडिने छ,जुन ‘म्याक्सिमम पावर प्वइन्ट ट्रयाकिङ’नामक भोल्टेजलाई रेगुलेट गर्न सहयोग गर्छ । घाममा बस्नु सोलार सेलका लागि फाइदाजनक भएपनि मोबाइल ओभर हिटिङ हुने भएकाले यो उपाय तापमानलाई व्यवस्थापन गर्दै पावर(उर्जा)लाई बढाउन उपयुक्त हुने जनाइएको छ ।
यो प्रविधिले फोन २ वाटसम्म चार्ज हुनेछ ।