काठमाण्डौ। हिन्दुहरुले मनाउने रंगहरुको पर्व होली आज काठमाण्डौ उपत्यकालगायत पहाडी भू–भागमा हर्षोल्लाहका साथ मनाइएको छ । यसै क्रममा आज राजधानी काठमाण्डौमा पनि विभिन्न रंगहरु दलेर विभिन्न उमेर समूहका मानिसहरुले शान्तिपूर्ण तरिका होलि मनाएका छन् ।
स्वदेशी मात्रै नभएर विदेशी पर्यटकहरुले समेत होलिको रंगमा रंगिएका देखिन्थे । काठमाण्डौ उपत्यकाको दरबारमार्ग , ठमेल , इन्द्रचोक , बसन्तपूर र न्यूरोडमा ठूलो संख्यामा युवायुवतीहरु भेला भएर संगितको तालमा रम्दै होलि मनाउन मग्न थिए।
बसन्तपूरमा भेटिएका ग्रिसबाट आएका एक पर्यटकले नेपालमा रंगको पर्व मनाउन पाउदा निकै रामइलो महसुस गरेको र होलि मनाउन भएपनि हरेक वर्ष अब नेपाल आउने बताए । त्यसैगरि, फ्रान्सबाट आएका एक पर्यर्टकले पनि नेपाल प्रकृतिक र सांस्कृतिक रुपमा धनी रहेको कारण नेपाल घुम्न आएको प्रतिक्रिया दिए ।
आज काठमाण्डौ उपत्यका लगायत पहाडी भेगमा मनाइएको होलि भोली भने तराईमामा मनाइनेछ ।








