• बिहीबार, भाद्र २६,२०८२ 02:40:59
Global IME Bank Limited

वार्षिक १.५० लाख डलरभन्दा कम कमाउनेलाई कर नलिने ट्रम्पको योजना

Hyundai Nepal
वार्षिक १.५० लाख डलरभन्दा कम कमाउनेलाई कर नलिने ट्रम्पको योजना

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक १ लाख ५० हजार भन्दा कम आम्दानी गर्नेलाई कर नलिने योजना बनाएका छन् । ट्रम्पको यो योजनाको जानकारी अमेरिकी कमर्श सेक्रेटरी होवार्ड लुट्निकले दिएका हुन् ।  

लुट्निकले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफुले ट्रम्पको उक्त योजनालाई मूर्तरुप लिन काम गरिरहेको बताए । ‘मलाई ट्रम्पको लक्ष्यका बारेमा राम्रोसँग थाहा छ । ट्रम्पले वार्षिक १ लाख ५० हजार भन्दा कम आर्जन गर्नेलाई कर नलिने योजना बनाएका छन् । यो उनको लक्ष्य हो । म अहिले यसका लागि लागिपरेको छु,’ उनले भने ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै अर्को फरक प्रसंगमा ल्ट्निकले ट्रम्पको आर्थिक नीतिहरुको बचाव गर्दै क्यानडा,मेक्सिमाथि ट्यारिफ लगाउने निर्णय सही भएको बताए । उनले यो निर्णयका कारण मन्दी उत्पन्न भएपनि त्यसलाई जायज मान्न सकिने तर्क राखे ।  

उनले भने, ‘यी नीतिहरु अमेरिकाले हालसम्म बनाएका भन्दा उत्कृष्ठ छन् । बाइडेनले गरेका बेवकुफीका कारण मात्रै अमेरिका मन्दीको सम्भावना छ । ट्रम्पले लिएका नीतिहरु आम्दानी बढाउने र देशमा कलकाखानाको निर्माण बढाउने खालका छन् ।’

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.