शुक्रबार, असार १९,२०८३ 11:42:52
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:42:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तामाकोसी पाँचौका मजदुर दुईदिन देखि पुनः आन्दोलित, आयोजना ठप्प

Laxmi Sunrise Bank Limited
तामाकोसी पाँचौका मजदुर दुईदिन देखि पुनः आन्दोलित, आयोजना ठप्प

दोलखा । मजदुर र ठेकेदार पक्षबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै दोलखाको विगु गाउँपालिका ४ स्थित सुरिटारमा निर्माणाधीन तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका मजदुर दुई दिनदेखि पुःन आन्दोलनमा उत्रिएका छन् ।  

ठेकेदार कम्पनी र मजदुरबिच दुई साताअघि भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउदै मजदुरहरु आन्दोलनमा उत्रिएपछि बिहिवारदेखि आयोजनाका सबै काम ठप्प भएको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ९९ मेगावाट क्षमताको  तामाकोसी पाँचौ जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाईड्रो के एस एन एस जेभी र आयोजनामा कार्यरत मजदुरबिच दुई साताअघि भएको सम्झौता ठेकेदार पक्षले कार्यान्वयन नगरेपछि आयोजनाका सबै काम बन्द गरेर आन्दोलनमा उत्रिन परेको नेपाली श्रमिक संघर्ष समितिका संयोजक जीवन मगरले जानकारी दिए ।  

उनले दुई साताअघि भएको सम्झौतामा खासगरी नेपाली मजदुरहरुलाई रोजगारी सम्झौता गराउने, श्रम ऐनअनुसारको ज्याला उपलब्ध गराउने लगायतका विषयमा लिखित सहमति भएपनि ठेकेदार पक्षले उक्त सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनमा उत्रिएको बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले आयोजनाको व्यवस्थापन पक्षले प्रहरी परिचालन गरी मजदुरलाई धरपक्कड गराएको आरोप लगाएका छन् ।  

मजदुरहरुले एक विज्ञप्ति जारी गर्दै आयोजनाको व्यवस्थापन पक्षले रोजगारी सम्झौता उपलब्ध नगराउन्जेल र अन्य सहमतिमा उल्लेख भएका विषयको सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।  

उनीहरुले दैनिकै नाराबाजीसहित आन्दोलन गरिरहेका छन् । आयोजनामा झण्डै दुईसयभन्दा धेरै मजदुरहरु कार्यरत छन् ।  

सबै नेपाली श्रमिकहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि आयोजनाको अडिट एक, अडिट दुई र विद्युतगृहका सबै काम ठप्प हुँदा लाखौं घाटा भएको आयोजनाले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.