तामाकोसी पाँचौका मजदुर दुईदिन देखि पुनः आन्दोलित, आयोजना ठप्प
दोलखा । मजदुर र ठेकेदार पक्षबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै दोलखाको विगु गाउँपालिका ४ स्थित सुरिटारमा निर्माणाधीन तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका मजदुर दुई दिनदेखि पुःन आन्दोलनमा उत्रिएका छन् । ठेकेदार कम्पनी र मजदुरबिच दुई साताअघि भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउदै मजदुरहरु आन्दोलनमा उत्रिएपछि बिहिवारदेखि आयोजनाका सबै काम ठप्प भएको हो ।