बुधबार, माघ २३,२०८१ 09:44:01
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:44:01
IME remit
Global IME Bank Limited

तामाकोसी पाँचौं आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी, सात दिनदेखि आयोजना ठप्प

Hyundai Nepal
तामाकोसी पाँचौं आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी, सात दिनदेखि आयोजना ठप्प
Nabil Bank Limited

दोलखा । दोलखाको विगु गाउँपालिका ४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी चुलिएको छ ।  

कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक पटक सामुहिक आक्रमण र कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि उक्त आयोजनामा ठेकेदार कम्पनीको  गुण्डागर्दी चुलिएको हो ।  

काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा पीडितलाई सघाउनुका सट्टा उल्टै पीडितको हात फर्काइदिने, सामान्य विवादका विषयमा पनि सिधै लक लगाएर मार्न खोजेको जस्ता आरोप नेपाली कामदारले लगाएका छन् ।  

कम्पनीले उल्टै नेपाली कामदारलाई जरिवाना लगाउने केहीलाई कामबाटै हटाउने जस्ता गतिविधि गरेको भन्दै ७ दिनदेखि नेपाली कामदार काम छोडेर धर्नामा बसिरहेका छन् । 

Bizshala
CG Motors
Sagarmatha Cement

कार्तिक ८ गते २५ जना मिस्त्रीलाई मसला बनाएर ठेलामार्फत पर्खाल लगाउने ठाउँमा पुर्‍याउने जिम्मा २ जना नेपाली कामदारले पाएका थिए । यसैपनि २५ जना मिस्त्रीलाई २ जनाले सिमेन्ट, गिटी , बालुवा मिक्स गरी ढुवानी गर्ने निकै कठीन काम हो । ढिलो काम गरेको भन्दै सिनो हाइड्रो कम्पनीका फोरमेनले बिहानदेखि नै गालीगलौज गरेको कामदार बताउँछन् ।  

नेपाली कामदारहरु कुमार श्रेष्ठ र ज्ञानबहादुर तामाङ मसला बनाउने काममा खटिरहेका थिए सोही समयमा कम्पनीका फोरमेनहरु माइल र लिफानले बेस्सरी गालीगलौज गर्दै हातपात गरेको प्रत्यक्षदर्शी समेत रहेका अर्का कामदार पुस्कर तामाङ सुनाउँछन् । 

मसला ढिला बनाएको बहानामा चाइनीजले अभद्र व्यवहार गरेपछि नेपाली कामदार र चिनिया फोरमेनबीच हात हालाहाल भएको थियो । नेपाली कामदारका अनुसार सामान्य झगडालाई लिएर चाइनिजले ज्ञानबहादुरलाई लक लगाएर मार्न खोजेको आरोप लगाएका छन् ।  

घटनास्थलका प्रत्यक्षदर्शीहरुका अनुसार लिफानले ज्ञानबहादुरलाई लक लगाएको र माइलले कुटपिट गरेका थिए । एकजनाले लक लगाएको र अर्कोले मरणाशन्न हुनेगरी  निर्घात कुटपिट गरेपछि नेपाली कामदारहरुले झगडा छुट्याएको र चाइनिजहरुलाई समेत हातपात गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।  

झण्डै २ महिनाअघि पनि एक नेपाली कामदार दोर्जे तामाङको गाडीको ढालामा परी दुर्घटना हुँदा कम्पनी अर्का एक फोरमेनले उल्टै लक लगाएर मार्न खोजेको आरोप नेपाली कामदारहरुले लगाएका छन् ।  

दोर्जे अहिले पनि उपचारमा छन् उनको दाहिने हातको एक औंला गुमेको छ भने अन्य थुप्रै स्वास्थ्य समस्या रहेको कामदारहरुले बताएका छन् । अन्य समयमा पनि चाइनीजहरुले नेपाली कामदारलाई दुव्र्यवहार गर्ने गालीगलौज गर्ने जस्ता गतिविधि गरेको गुनासो नेपाली कामदारहरुको गुनासो छ ।  

उल्टै कामबाट बर्खास्त  

सिनो हाइड्रोका कर्मचारीहरुले नै कुटपिट गरी घाइते बनाएका कामदारलाई कम्पनीले उल्टै कामबाट बर्खास्त गरेको छ । सिनो हाइड्रो केएस एनएस जेभीले आयोजनामा झैझगडा गरेको भन्दै नेपाली कामदारहरु ज्ञानबहादुर तामाङ, कुमार श्रेष्ठ र पुस्कर तामाङलाई बर्खास्त गरेको पत्र प्रहरीलाई जानकारी गराएको छ।

त्यस्तै नेपाली कामदारहरु सञ्जय ठकुरी र श्यामकुमार ठकुरीलाई मासिक ५ हजार जरिवाना र चेतावनी सूचीमा राखेर कारबाही गरिएको कम्पनीको पत्रमा उल्लेख छ ।  

उता कम्पनीका फोरमेनहरुलाई भने सामान्य आर्थिक जरिवानाबाहेक अरु कुनै कारबाही नगरेको नेपाली कामदारहरुले गुनासो गरेका छन् ।  

कामदारमाथि कुटपिट गर्ने र उल्टै कामबाट बर्खास्त गरेको भन्दै ८ दिनदेखि झण्डै २ सयभन्दा धेरै नेपाली कामदार काम छोडेर आन्दोलन गरिरहेका छन् । उनीहरुले चिनियाँ कम्पनी तथा कामदारहरुको गुण्डागर्दी शैली अन्त्य हुनुपर्ने, कामबाट निकालिएका मजदुरहरुको पुनर्वहाली हुनुपर्ने , श्रम ऐनको बर्खिलाप हुने गरी कम्पनीले असमान ज्याला दिर्इ श्रम शोषण गरेकाले तत्काल ऐनले तोकेअनुसार समान ज्याला दिनुपर्ने जस्ता माग राखेर आन्दोलन गरिरहेका छन् ।  

उनीहरुले आफूहरुको ज्याला कटाएर सिंगटीका ५ जनाभन्दा धेरै युवाहरुलाई कम्पनीले आफूहरुलाई दबाउन दादाभत्ता समेत दिएको आरोप लगाएका छन् ।  

आन्दोलनमा प्रहरीले समेत कम्पनीसँग मिलेर आफूहरुलाई असहयोग गरेको गुनासो कामदारहरुले गरेका छन् । उनीहरुले प्रहरीले उल्टै थर्काउने, धरपकड गर्न खोज्ने शान्तिपूर्ण आन्दोलनमा बाक्लो संख्यामा प्रहरी परिचालन गरी नेपाली कामदारकै हुर्मत लिने गतिविधि गरेको गुनासो गरेका छन् ।  

इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी प्रमुख इन्स्पेक्टर महेन्द्र दर्नालले कामदारहरुले लगाएको आरोप सत्य नभएको बताए । उनले प्रहरीको काम सुरक्षासँग मात्रै जोडिएकाले सुरक्षाको प्रत्याभूति गराउने काममा मात्रै प्रहरीले काम गरेको जनाएका छन् ।  

उर्जा मन्त्रालय र प्राधिकरणको ध्यानाकर्शण होसः शिवाकोटी  

नेपाली कामदारको आन्दोलनमा ऐक्यबद्धता जनाउन आयोजनास्थल विगु गाउँपालिका ४ सुरीटार पुगेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ठेकेदार कम्पनीले नेपाली कामदारमाथि गरेको अमानवीय व्यवहारप्रति घोर भत्र्सना गर्दै उक्त कम्पनीलाई तत्काल कारबाही गर्नुपर्ने जनाएका छन् । 

उनले तिहारलगत्तै उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको नेतृत्वसँग बसेर तत्काल नेपाली कामदारहरुको समस्या समाधान गर्न र नेपालको कानुन र नियमलाई समेत नमान्ने सिनो हाइड्रोलाई कारबाही गर्नुपर्ने बताए ।  

शिवाकोटीले आयोजनामा कामदार कुट्न दादा भत्ता दिएर गुण्डाहरु पालेको भन्ने विषयमा प्रहरी प्रशासनले ध्यान नदिएको भन्दै चर्को आलोचना गरेका छन् । 

Muktinath Bikas Bank Limited

आयोजनास्थल पुगेका इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक महेन्द्र दर्नाललाई समेत इंगित गर्दै शिवाकोटीले तत्काल छानबिन गर्न माग गरेका छन् । उनले आयोजना कार्यालयले पनि तत्काल समाधानको उपाय खोज्नुपर्ने जनाएका छन् ।  

स्थानीय तहसँग पनि छैन समन्वय  

आयोजना निर्माणस्थल विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले पनि सिनो हाइड्रोले प्रचलित नियम कानुन समेत नमान्ने गरेको गुनासो गरेका छन् ।  

उनले स्थानीय तहसँग आवश्यक समन्वय पनि नगर्ने नीति नियमको बर्खीलाप गर्ने र आफैंले समन्वय गराउन खोज्दा पनि अराजक प्रतिक्रिया दिने गरेको बताएका छन् ।  

उनले दुवै पक्षलार्इ राखेर सहमति गराउन खोज्दा पनि सहमति हुन नसकेको जानकारी दिए । अध्यक्ष ओलीले स्थानीय तहको नियमविपरीत मध्यबर्षातको समयमा आफूखुसी नदीमा मेसिन प्रयोग गरेर गिटीबालुवा झिक्ने जस्ता अबैध कामहरु कम्पनीले गरिरहेको बताए ।  

अध्यक्ष ओलीले कामदारहरुको ज्याला समेत श्रम ऐनअनुसार नपाएको गुनासो आफ्नो कार्यालयमा आउने गरेकोले सो सम्बन्धमा मातहतको निकायको ध्यानाकर्षण समेत गराएका छन्।  

उनले विकास आयोजनामा विदेशी कम्पनीको गुण्डागर्दी शैली मान्य नहुने बताउँदै प्रशासनिक निकायको भूमिकाप्रति शंका गर्नुपर्ने स्थिति सृजना भएको जनाएका छन् ।  

सिनो हाइड्रोले साउनमा जबरजस्ती नदीमा मेसिन प्रयोग गरी अबैध रुपमा निर्माण सामाग्री उत्खनन् गरेको अभियोगमा जिल्ला समन्वय समिति दोलखाले उपकरणहरु नियन्त्रणमा लिई कारबाही गरेको थियो ।  

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले नियम विपरीत वर्षातको समयमा नदी उत्खनन गरेको पाइएकाले उक्त कम्पनीलाई २ लाख ९० हजार जरिवाना लिइएको जानकारी दिए ।  

कामदारको माग पूरा गर्न सकिन्नः  सिनो हाइड्रो  

तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको चिनिया कम्पनी सिनो हाइड्रो केएस एनएस जेभिका आयोजना प्रमुख चेन जेङ्वीले कम्पनीमा अराजकता बढेकोले उनीहरुलाई कारबाही गरिएको बताए ।  

उनले कम्पनीका कर्मचारी राज साहमार्फत कम्पनी गरेको निणर्यबाट पछि नहट्ने बताए । उनले आफूहरुले नेपाली कामदारलाई अवसर दिएको संकेत गर्दै अनाबश्यक माग पूरा गर्न नसकिने जनाए । अन्य विषयमा जिज्ञासा राख्दा प्रतिकृया दिन चाहेनन् ।  

सहमतिको प्रयत्न गर्छौः आयोजना प्रमुख

तामाकोसी पाँचौ जलविद्युत आयोजनाका प्रमुख विनोद भण्डारीले कामदार र ठेकेदार कम्पनीसँग बसेर सहमति गर्ने पक्षमा आयोजना रहेको बताए । तिहारको समय भएकाले अहिले उपयुक्त समय भएन तिहार लगत्तै समाधानका लागि आबश्यक छलफल गर्छौं । भण्डारीले भने ः अन्य थुप्रै मागहरु नेपाली कामदारले राखेको छन तिनका विषयमा पनि दुबै पक्ष राखेर छलफल गरी निष्कर्ष निकाल्ने तयारीमा आयोजना कार्यालय छ ।  

सात दिनदेखि आयोजनाको काम ठप्प हुँदा निकै क्षति भएको बताउँदै आयोजना प्रमुख भण्डारीले अहिलेको समस्या समाधानका लागि सबै पक्षलाई पहलकदमी गर्न समेत आग्रह गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.