शुक्रबार, भाद्र ६,२०८२ 10:56:23
  • शुक्रबार, भाद्र ६,२०८२ 10:56:23
Global IME Bank Limited

प्रज्ञान सेक्यूरिटिजबाट आजदेखि नयाँ टीएमएस,आगामी साताबाट यी ५ वटा ब्रोकरहरुबाट पनि चल्ने

Hyundai Nepal
प्रज्ञान सेक्यूरिटिजबाट आजदेखि नयाँ टीएमएस,आगामी साताबाट यी ५ वटा ब्रोकरहरुबाट पनि चल्ने
Shivam Cement

काठमाण्डौ। आजदेखि प्रज्ञान सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १०) बाट नयाँ टीएमएसको लाइभ सुरु भएको छ । डीजी हबले दिएको जानकारी अनुसार यससँगै यो ब्रोकरका नयाँ तथा पुराना सबै ग्राहकहरुले अब नयाँ टीएमएस चलाउन पाउने भएका छन् ।

अन्य थप ५ ब्रोकरहरुबाट पनि अब नयाँ टीएमएस आउने डीजी हबले जानकारी दिएको छ । बाँकी पाँचवटा ब्रोकरहरुमा नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) , कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६) , एनआइएमबी स्टक मार्केट (स्टक ब्रोकर नम्बर ७५) , डाइनामिक मनि म्यानेजर (स्टक ब्रोकर नम्बर ४४) , त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) बाट आगामी  साताबाट फुल फेजमा नयाँ टीएमएस सूरु हुने डीजी हबले जानकारी दिएको छ ।

झण्डै ४ वर्षपछिको रस्साकस्सीपछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम केही समयअघि मात्रै लञ्च भएको थियो । नयाँ भर्जनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने, बेचेको एक मिनेटमा नै कोल्याट्रल लोड हुने, आफ्नो सेयर र पोर्टफोलियो तुरुन्तै हेर्न मिल्ने तथा प्राविधिक चार्ट पनि हेर्न मिल्ने रहेका छन् । यसमा आफ्नो लिमिट, बेच्न मिल्ने सेयर संख्या जस्ता सहज फिचर पनि समावेश छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, कम्पनी फलोअप गर्न निकै सहज रहेको छ । यसमा आफूले किन्न तथा बेच्न चाहेको कम्पनीको भोल्युम तथा कारोबार, आधारभूत तथा प्राविधिक पक्ष सबै हेर्न अन्त जानु पर्दैन ।  

डेक्सटपमा विभिन्न फिचर्सका साथै मोबाइल एपमा पनि कारोबार गर्न निकै सहज रहेको छ । सेक्योर्ड सेक्यूरिटिजका सञ्चालक सन्तोष मैनालीले दिएको जानकारी अनुसार मोबाइल एपमा ग्राहकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । उनले भने, ‘डेक्सटप भर्जन प्राविधिक चार्ट नियालेर कारोबार गर्नेलाई सहज रहेको छ । मोबाइल एप भने युवादेखि बुढाबुढी सबैका लागि सहज छ । कुनै पनि व्यक्तिले आफ्नै मोबाइलमा एप डाउनलोड गरेर ११ बजेदेखि ३ बजेको कारोबारको समयमा सहज रुपमा कारोबार गर्न सक्छ । मोबाइल एपमा प्राविधिक चार्ट बाहेक सबै फिचर रहेको छ ।’  

यसले अब सरकारी कर्मचारी र अन्य बैंकका कर्मचारीहरुलाई पनि सहज हुने ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बताए । ‘किनकी ती ठाँउहरुमा सरकारले डेक्सटप भर्जनमा टीएमएस नचल्ने बनाएको थियो । अब मोबाइल डेटा लिएर आफ्नै मोबाइल एपबाट कुनै पनि ठाँउबाट सेयर कारोबार गर्न कसैले रोक्न सक्ने अबस्था छैन,’ उनले भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘केही समय पहिले नेपाल सरकारले सिंहदरबार र अदालत परिसरमा सेयर कारोबारलाई रोक लगाएको थियो । अब भने ती ठाँउबाट सेयर कारोबार रोकिने छैन ।’

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.