काठमाण्डौ । वेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४८.५८ प्रतिशत हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।
कम्पनीले कुल सूचीकृत ८९ लाख ४ हजार २४२ कित्ता सेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फको ४५ लाख ७८ हजार ५६१ कित्ता सेयर र सर्वसाधारण समूहतर्फ ४३ लाख २५ हजार ६८० कित्ता धितोपत्रको अनुपात हुने गरी संस्थापक समूहतर्फको ८ लाख ९१ हजार २२४ कित्ता सेयर सर्वसाधारणतर्फ परिवर्तन गरेको हो ।
सो अनुसार कम्पनीको चैत १४ गतेको निर्णयअनुसार झण्डै ९ लाख कित्ता सेयर सर्वसाधारण समूहमा अभिलेख भएको छ ।