IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 09:18:27
IME remit
Global IME Bank Limited

छ्‌याङदी हाइड्रोपावर ४.९७ करोड घाटामा, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
छ्‌याङदी हाइड्रोपावर ४.९७ करोड घाटामा, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । आम्दानी बढेसँगै छ्‌याङदी हाइड्रोपावरको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९७ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ७.४८ प्रतिशतले कम हो ।  अघिल्लो त्रैमासमा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३५.५५ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ८८ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले ५ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च १ करोड २२ लाख रुपैयाँबाट बढेर १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यस्तै हा्रसकट्टी खर्च ४ करोड ८९ लाखबाट बढेर ४ करोड ९२ लाख पुगेको छ । अघिल्लो आवमा १० करोड ३६ लाख रहेको वित्त खर्च भने घटेर ९ करोड ६५ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २० करोड ६९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ३ करोड ७५ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ३६ करोड ३४ लाख रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १२.८५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५१.४२ रुपैयाँ र तरलता अनुपात ०.१० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.