आईतवार, कार्तिक १,२०८३ 10:00:06
  • आईतवार, कार्तिक १,२०८३ 10:00:06
Global IME Bank Limited

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

Bizshala
अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
New Office

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आज(फागुन १७ गते)देखि हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको छ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत माघ १५ गते  बुक क्लोज गरेको थियो । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन्   ।  

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्नेछ ।  

बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.