बुधबार, असार १०,२०८३ 03:29:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:29:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको निफ्राको आगामी यात्रा कस्तो ?(प्राविधिक विश्लेषण)

Laxmi Sunrise Bank Limited
फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको निफ्राको आगामी यात्रा कस्तो ?(प्राविधिक विश्लेषण)

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) प्राइभेट पब्लिक पार्टनरसिपमा आधारित बैंक हो।  

यो कम्पनीमा विभिन्न प्राइभेट र पब्लिकको लगानी छ ।  

कम्पनीमा ५ वटा वाणिज्य बैंकको २०.८९ प्रतिशत, नेपाल सरकारको १० प्रतशित, १० वटा बीमा कम्पनीहरुको १८.९७ प्रतशित, अन्य १० प्राइभेट एन्ड पब्लिक कम्पनीहरुको ५.१५ प्रतशित, उद्यमीहरुबाट ४.९९ प्रतिशत गरी ६० प्रतिशत संस्थापक र सर्वसाधारणबाट ४० प्रतिशत गरी २१ अर्ब ६० करोड रुपैयाँको जारी पूँजी छ भने अधिकृतपूँजी ४० अर्ब रुपैयाँ छ। यो कम्पनी सन् २०१८ को जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । 

New Office
CG Motors
Garima Development Bank

आधारभूत पक्ष

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । योसँगै कम्पनीको कुल पूँजी २५ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ६४ करोड २० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा ५२ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.९४ रुपैयाँ रहेको छ भने बुकभ्यालु ११६.५४ रुपैयाँ छ । रिटर्न अन इक्विटी ५.१ प्रतिशत र खराब कर्जा ०.३ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्ष 

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय बर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ । यस आधारमा यो कम्पनीको सेयरभाउलाई बिश्लेषण गर्दा न्यून मूल्य १८२ देखि हालसम्म १ देखि ४ वेभसम्म चलेको र अब पाँचौ वेभमा कम्पनीको सेयरभाउले करिब ४५० देखि ५०० सम्म पुग्नसक्ने आँकलन गर्न सकिन्छ ।  

(माथि मूख्य तस्बिर)  

फियर एण्ड ग्रिड इन्डेक्स  

यस आधारमा यो कम्पनीको सेयरभाउ हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  यो भनेको कम्पनीको सेयरभाउमा लगानीकर्ताहरुको आकर्षण क्रमश बढ्दैछ भन्ने हो । यदि कम्पनीको सेयरभाउ ० देखि २० सम्म चल्छ भने स्ट्रङ बियरिस, २० देखि ४० सम्म चल्छ भने बियरिस र ४० देखि ६० सम्म चल्छ भने न्यूट्रल, ६० देखि ८० सम्म चल्छ भने बुलिस र ८०  देखि १०० सम्म चल्छ भने स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको मानिन्छ ।  

कम्पनीको ५२ साताको उच्चमूल्य ३४९ मूल्य र न्यून मूल्य १८९ रुपैयाँ सम्म पुगेको थियो ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्यब्याण्डलाई ब्रेक गरेर अपर ब्याण्डसँगै चल्दै गरेको देखिन्छ । अपर ब्याण्ड र  लोअर ब्याण्डको दूरी साँघुरिदै गएको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम पनि सकारात्मक बन्दै गएका छन् । मनीफ्लो इन्डेक्स ओभरसोल्ड जोनबाट फर्केर ६० को तहमा चलेको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरभाउ बुलिस बन्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणबाट सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३६०

प्रतिरोध २ – ३३४

प्रतिरोध १–  ३०६

पिभट प्वइन्ट: २७९

घटेमा सपोर्ट  

सपोर्ट १– २५१

सपोर्ट २– २२४

सपोर्ट  ३ –१९६

निष्कर्ष

 आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको जगेडाकोषमा सुधार आएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा खुद मुनाफा र प्रतिसेयर आम्दानीमा सामान्य गिरावट देखिन्छ । रिटर्न अन इक्विटीमा पनि खासै सुधार आएको छैन । यद्यपि बुक भ्यालुमा भने सामान्य सुधार भएको देखिन्छ । प्राविधिक रुपमा यो कम्पनीलाई नियाल्दा बोलिङ्गर ब्याण्ड, म्याक्डी र एमएफआइमा बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.