शुक्रबार, असार १९,२०८३ 05:57:42
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 05:57:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विराटनगर भन्सारबाट १०८% ले बढ्यो निर्यात

Laxmi Sunrise Bank Limited
विराटनगर भन्सारबाट १०८% ले बढ्यो निर्यात

काठमाण्डौ । चालु आवको ९ महिनाको अवधिमा विराटनगर भन्सार कार्यालयबाट निर्यात व्यापार १०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा विराटनगर भन्सार कार्यालय भएर करिब २३ अर्ब १५ करोड ६८ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्ष यो कार्यालयबाट सोही अवधिमा निर्यात बढेर ४८ अर्ब १९ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यो कार्यालयबाट विगत ९ महिनामा असोज महिनादेखि निरन्तर निर्यात व्यापार बढेको छ । यहाँबाट भटमासको तेल र सूर्यमुखी तेलको निर्यातले आयात निर्यातको स्थिति सुध्रिदै गएको देखिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

विराटनगर भन्सार कार्यालय भएर गत वर्षभन्दा चालू आर्थिक वर्षको नौ महिनामा आयात भने १९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०८०/८१ मा १ खर्ब २६ अर्ब ४२ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तुहरु आयात भएकोमा चालू आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा एक खर्ब ५० अर्ब ५५ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुहरु आयात भएको छ ।  

चालू आर्थिक वर्ष ०८१/८२ को विगत ९ महिनामा विराटनगर भन्सार कार्यालय भएर मूल्यका आधारमा प्रशोधित भटमासको तेल, सेन्थेटिक यार्न, जुटको कपडा, प्रशोधित सूर्यमुखी तेल, तयारी कपडा, जुटको बोरा, प्लाईउड लगायतका वस्तुहरु निर्यात भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सबैभन्दा बढी करिब २० अर्ब ५२ करोड १७ लाख १० हजार रुपैँया बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ । यसैगरी मूल्यका आधारमा भटमासको कच्चा तेल, एचआर सिट, पोलिथिन दाना, शुद्ध फलाम, एलपी ग्याँस, सूर्यमुखी कच्चा तेल लगायतका वस्तुहरु आयात भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.