शनिबार, असार १४,२०८२ 11:59:55
  • शनिबार, असार १४,२०८२ 11:59:55
Global IME Bank Limited

गुणाकर भट्टका विषयमा परेको रिट हेर्न नभ्याइनेमा

Hyundai Nepal
गुणाकर भट्टका विषयमा परेको रिट हेर्न नभ्याइनेमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्नका लागि अयोग्य रहेको भन्दै परेको भन्दै सर्वोच्च अदालतमा परेका रिट हेर्न नभ्याइनेमा परेको छ ।  

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित वैशाख ५ गते परेको रिट र निवेदनको पेसी आज ४० औँ नम्बरमा परेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त मागसहितको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।  

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।  

भट्टले शुक्रबार नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै  सर्वोच्चले ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन भनेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.