सोमबार, आश्विन १२,२०८३ 04:34:19
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 04:34:19
Bizshala
Global IME Bank Limited

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो
New Office

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७९८.९१ प्रतिशतले बढी हो ।    

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । कम्पनीले  विद्युत बिक्रीमार्फत १९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२८.२च्४ प्रतिशतले बढी हो ।  

यस्तै, कम्पनीले यो अवधिमा ३४ करोड ८७ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले २३ करोड ५९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्चमा नियन्त्रण गरेको छ । कम्पनीको कुल खर्च ४९.७० प्रतिशतले घट्दै १० करोड ९८ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ९० करोड र कुल चालु दायित्व ८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।  

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११९.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.०९ गुणा र तरलता अनुपात २१.४६ प्रतिशत कायम भएको छ ।   

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.