Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 06:01:31
Bizshala
Global IME Bank Limited

रिड्डारा आरडी६ ईभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

Hyundai Nepal
रिड्डारा आरडी६ ईभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक
Shivam Cement

काठमाण्डौ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve to RIDDARA Xchange” नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास कम्पनीले लिएको छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।

गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यवहारिकताको आदर्श संयोजन भएको कम्पनीको भनाई छ। ४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किलोवाट(आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ। 

CG Motors
Bizshala
Garima Development Bank

नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७ वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ।

यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

रिड्डाराले चीनमा  शीर्ष ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ।

सिजी मोटर्सले यो पहलमार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गरिरहेको जनाएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.