शनिबार, असार १४,२०८२ 02:54:39
  • शनिबार, असार १४,२०८२ 02:54:39
Global IME Bank Limited

एशियन लाइफको नाफामा ५९% को बढोत्तरी, बीमाशुल्क आर्जन र ईपीएसको अवस्था कस्तो ?

Hyundai Nepal
एशियन लाइफको नाफामा ५९% को बढोत्तरी, बीमाशुल्क आर्जन र ईपीएसको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ५९.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

तेस्रो त्रैमासिक प्रतिवेदनआुसार कम्पनीको खुद बीमाशुल्क आर्जन १३.६१ प्रतिशतले बढ्दै ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको कुल आम्दानी पनि ८ अर्ब ६० करोडबाट बढेर ९ अर्ब २३ करोड पुगेको छ । कम्पनीले विभिन्न शीर्षकमा कुल ८ अर्ब ४५ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले कुल ७ अर्ब ९१ करोड खर्चिएको थियो । कम्पनीले ७ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १३.१३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ र पीई अनुपात ५६.४५ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.