बुधबार, श्रावण २०,२०८३ 12:05:38
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:05:38
Bizshala
Global IME Bank Limited

एशियन लाइफको नाफामा ५९% को बढोत्तरी, बीमाशुल्क आर्जन र ईपीएसको अवस्था कस्तो ?

एशियन लाइफको नाफामा ५९% को बढोत्तरी, बीमाशुल्क आर्जन र ईपीएसको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ५९.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

तेस्रो त्रैमासिक प्रतिवेदनआुसार कम्पनीको खुद बीमाशुल्क आर्जन १३.६१ प्रतिशतले बढ्दै ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।  

यस्तै कम्पनीको कुल आम्दानी पनि ८ अर्ब ६० करोडबाट बढेर ९ अर्ब २३ करोड पुगेको छ । कम्पनीले विभिन्न शीर्षकमा कुल ८ अर्ब ४५ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले कुल ७ अर्ब ९१ करोड खर्चिएको थियो । कम्पनीले ७ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १३.१३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ र पीई अनुपात ५६.४५ गुणा कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.