काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको सप्तरीको खरचुहिया शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको हो ।
संस्थामा आवद्ध सदस्य धनो देवी खत्वीनी को श्रीमान राम लाल खङ्ग खत्वे को मृत्यू पश्चात निज सदस्य धनो देवी खत्वीनी लाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
धनो देवी खत्वेनी ले संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिएको र उनको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बीमा अन्तर्गत बीमितको मृत्युपश्चात दिइने काजक्रिया खर्च रु ३१ हजार रुपैंयाँ गरि १ लाख ५१ हजार भुक्तानी गरिएको संस्थाले जनाएको छ ।
जस मध्ये तिर्न बाँकी रहेको ऋण रकम रु ७५ हजार ६२५ रुपैयाँ कट्टागरी बीमाङ्कन रकम को बाँकी रकम रु ७५ हजार ३ सय ७५ रुपैया नगद हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।