बुधबार, श्रावण २७,२०८३ 12:19:44
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 12:19:44
Bizshala
Global IME Bank Limited

कनेक्ट आईपीएसमार्फत जीवन बीमाशुल्क तिर्दा क्यासब्याक पाइने

Prabhu Bank Limited
कनेक्ट आईपीएसमार्फत जीवन बीमाशुल्क तिर्दा क्यासब्याक पाइने
New Office

काठमाण्डौ । कनेक्ट आईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसबाट जीवन बीमा प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ’अफर सार्वजनिक गरेको छ ।  

यस अफर अन्तर्गत कनेक्ट आईपीएसबाट जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकमबराबर वा अधिकतम रु २० हजारसम्म रकम फिर्ता पाउन सक्नेछन् ।  

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिए पश्चात तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी कनेक्ट आईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । 

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा बीमा कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको जीवन बीमाको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ । उक्त प्रणाली मार्फत सबै जीवन र केहि लघु जीवन गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.