बिहीबार, असार १२,२०८२ 08:44:30
  • बिहीबार, असार १२,२०८२ 08:44:30
Global IME Bank Limited

सन नेपाल लाइफको हकप्रदमा हालसम्म कति पर्यो आवेदन ?

Hyundai Nepal
सन नेपाल लाइफको हकप्रदमा हालसम्म कति पर्यो आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा हालसम्म १५.५७ प्रतिशत सेयरका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रदमा १ लाख ७३ हजार ७१० जनाको आवेदन परेको छ ।  

कम्पनीको हकप्रदमा १६ करोड ८४ लाख ८४ हजार १०० रुपैयाँ बराबरको १६ लाख ८४ हजार ८४१ कित्ताका लागि आवेदन परेको हो ।  

कम्पनीले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु।१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताले सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।  

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति जेठ १९ गते रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसर्थ वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.