काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स)मा सोल्टी होटल लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर अर्थात ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र २६.५७८९४७३७ कित्ता नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।