Bizshala
  • बिहीबार, पुष १७,२०८२ 05:42:00
Bizshala
Global IME Bank Limited

प्रोटन इमासको ‘शार्क ट्याङ्क नेपाल’ सँग आधिकारिक प्रायोजकको साझेदारी

Hyundai Nepal
प्रोटन इमासको ‘शार्क ट्याङ्क नेपाल’ सँग आधिकारिक प्रायोजकको साझेदारी
Shivam Cement

काठमाण्डौ । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रेणी विद्युतीय सवारी साधन प्रोटन इमासले हिमालय टेलिभिजनमा विशेष रूपमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ।

प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन गर्ने भएकोले, यो सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडी बढाउने सामुहिक प्रयासलाई टेवा पुर्याउने कम्पनीको विश्वास छ । यो साझेदारीले नेपालका भविष्यका उद्यमीहरूलाई थप प्रोत्साहित गर्न मद्धत गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

नेपालका लागि प्रोटोनका अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘नवप्रवर्तन मार्फत अगाडी बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा, प्रोटन इमास शार्क ट्याङ्क नेपालसँग साझेदारी गर्न पाउँदा उत्साहित छ । एउटा प्लेटफर्म, जसले महत्वाकांक्षा, रचनात्मकता र उद्यमशीलताको भावनालाई समर्थन र सहयोग गर्दछ । हामी विश्वास गर्छौं, यो साझेदारीले क्लीन मोबिलिटीप्रति हाम्रो समर्पणलाई मात्र होइन, स्मार्ट, ग्रिनर र थप उद्यमशील नेपालको लागि हाम्रो साझा दृष्टिकोणलाई थप पुष्टि गर्दछ ।’

यो सहकार्यपछि,प्रोटन इमास शार्क ट्याङ्क नेपालमा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ, जसले दर्शकहरूलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिने कम्पनीको भनाई छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.