सोमबार, श्रावण २५,२०८३ 08:00:00
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 08:00:00
Bizshala
Global IME Bank Limited

लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश

Prabhu Bank Limited
लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश
New Office

काठमाण्डौ । लगानीकर्तालाई निरन्तर र उत्कृष्ट प्रतिफल दिन बीमा समूह अब्बल देखिएका छन् । नेप्सेमा सूचीकृत १३ समूहमध्ये बीमा समूहका कम्पनीहरुले लगानीकर्तालाई निरन्तर र केही प्रतिशत भएपनि लाभांश बाँड्दै आएका छन् ।  

नेप्सेमा जीवन र निर्जीवन गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । सो मध्ये गत आवको मुनाफाबाट २२ कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् । यसर्थमा ९१.६६ प्रतिशत बीमा कम्पनीले आव २०८०/८१ को सञ्चित मुनाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गरेका छन् ।  

लाभांश वितरण नगर्ने अर्थात् सो सम्बन्धि निर्णय नगर्ने कम्पनीमा जीवन बीमातर्फ सन नेपाल लाइफ र निर्जीवनतर्फ राष्ट्रिय बीमा कम्पनी रहेका छन् । सन नेपाल लाइफले भर्खरै मात्रै १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गरेका कारण लाभांश घोषणा नगर्ने देखिन्छ, भने राष्ट्रिय बीमा कम्पनीले हालसम्म कुनै पनि आवको मुनाफाबाट लाभांश वितरण गरेको छैन ।  

यसबाहेक सबै कम्पनीले बोनस र नगद लाभांश वितरण गरेका छन् । नेप्सेमा रहेका अन्य समूहको तुलनामा बीमा समूहबाट अधिकांश कम्पनीले लाभांश दिएका छन् । यसकारण पनि बीमा कम्पनीको सेयरमा गरिएको लगानी अन्य कम्पनीको तुलनामा त्यति जोखिम नहुने बजार विज्ञहरु बताउँछन् ।  

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएका कारण पनि बीमा कम्पनीहरुले पूँजी बृद्धिका लागि भएपनि बोनस सेयर वितरण गरेको देखिन्छ । तर पूँजी पुगिसकेका केही बीमा कम्पनीहरुले भने नगद लाभांशमा मात्रै जोड दिएको पनि देखिएको छ ।  

पछिल्लो समय बैंकिङ क्षेत्रमा यस्तो अभ्यास बढी देखिएको छ । पूँजी बढेसँगै बैंकहरुले पछिल्लो केही वर्षयता बोनस भन्दा बढी नगद लाभांशमा जोड दिएका छन् । त्यसअनुसार नै बीमा कम्पनीहरुले पनि प्राधिकरणले तोकेको पूँजी पुर्याएपछि बैंकहरुकै सिको गर्न थालेको स्पष्ट देखिएको छ ।  

जस्तै गत वर्षहरुमा राम्रै बोनस बाँडेको आइएमई लाइफले पूँजी पुगिसकेका कारण यस वर्षका लागि लगानीकर्तालाई २१।०५ प्रतिशत नगद लाभांश मात्रै दिएको छ ।  

त्यस्तै, सूर्यज्योति लाइफ, हिमालयन लाइफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि यस वर्षका लागि नगद लाभांश मात्रै दिने निर्णय गरेको छ । साथै अन्य कम्पनीहरुले पनि बोनस सेयर घटाएर नगद लाभांशमा नै जोड गरेकोे देखिएको छ ।  

तर तुलनात्मक रुपमा हेर्दा बीमा समूहका कम्पनीहरुले लाभांश वितरणलाई निरन्तरता दिएका छन् । हाइड्रो समूह, लघुवित्त समूह, फाइनान्स समूह, लगानी समूह, उत्पादन तथा प्रशोधन समूह, विकास बैंक समूह र व्यापार समूहका कम्पनीहरुले निरन्तर लाभांश नबाँड्ने वा बाँडेपनि न्यून लाभांश दिने भएका कारण बीमा समूहका गरिएको लगानी केही हदसम्म सुरक्षित मान्न सकिन्छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.