बिहीबार, श्रावण २१,२०८३ 05:11:38
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:11:38
Bizshala
Global IME Bank Limited

वीरगञ्ज भन्सारमा गाभियो सुख्खा बन्दरगाह

वीरगञ्ज भन्सारमा गाभियो सुख्खा बन्दरगाह
New Office

काठमाण्डौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । वीरगञ्ज भन्सार कार्यालयमा गाभिएसँगै एकीकृत कार्यालयबाट सेवा प्रवाह समेत सुरु भएको छ ।

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो ।

एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे ¥याकबाट सामान आयात र निर्यात हुने गरेको थियो । यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयल गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.