शनिबार, श्रावण २,२०८३ 11:16:37
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:16:37
Bizshala
Global IME Bank Limited

३५० भन्दा बढी अभिकर्ताको सहभागितामा ‘सन नेपाल एचिभर नाइट २०८२’ सम्पन्न

३५० भन्दा बढी अभिकर्ताको सहभागितामा ‘सन नेपाल एचिभर नाइट २०८२’ सम्पन्न
New Office

काठमाण्डौ । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  ‘सन एचिभर्स नाइट २०८२’सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, ब्यक्तिगत तथा टीम ब्यवसायमा सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरुमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

साथै, कम्पनीले ब्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र ,मंगल तथा दी सन क्लबमा बर्गिकरण गरी सोहीअनुसारको सम्मान पनि गरेको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतक विफुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ लगायत बरिष्ठ प्रदाधिकारीहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरुको व्यक्तित्व बिकास भई ग्राहकबर्गमा पुर्याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनीप्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए ।  

सननेपाल लाइफले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.