मंगलवार, कार्तिक ३,२०८३ 10:16:43
  • मंगलवार, कार्तिक ३,२०८३ 10:16:43
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी जारी

Bizshala
नाइमा मोबिलिटी एक्स्पोमा विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी जारी
New Office

काठमाण्डौ । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी जनाएको छ । सो अवसरमा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरिएको थियो । यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा शीर्ष स्थान हासिल गरिसकेको छ ।

जगदम्बा मोटर्सले सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

शंकर ग्रुपमार्फत व्यापक इभी इकोसिस्टम निर्माण गर्न विभिन्न पहलहरू गरिएको छ, जसअन्तर्गत निम्न सेवाहरू उपलब्ध गराइनेछनः

१. प्रामाणिक स्पेयर पार्ट्स  

२. आधुनिक डाइग्नोस्टिक उपकरणहरू  

३. प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्ण रूपमा तालिमप्राप्त प्राविधिकहरूको सेवा  

४. सरल र सहज वारन्टी दाबी प्रक्रिया  

५. चार्जीङ स्टेसन  

यी व्यवस्था ग्राहकका सबै आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका प्रारम्भिक अफरः

–जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि ०५ ब्याजदर, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिन्छ

–ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी  

–२.९९ लाखको सिधा नगद छुट, साथै थप सुविधाहरू

–एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, तपाईंको पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित  

–नि.शुल्क अटो प्लस बीमा, व्यापक कभरेज प्रदान  

–इमास असिस्टेन्ट प्लस, जसमा प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट समावेश ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.