काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी असोज २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा ललितपुरको झम्सिखेलमा रहेको द लअनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १६ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८१/८२को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको कम्पनीको वासलात र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको नाफा नोक्सान विवरण र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा लाभांश वितरण प्रयोजनकालागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।