शुक्रबार, श्रावण ८,२०८३ 12:17:14
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:17:14
Bizshala
Global IME Bank Limited

चार साता लगातार घटेको बजार यो साता बढ्यो, नेप्सेको चार्टमा ‘बुलिस स्पिनिङ’ क्याण्डल

चार साता लगातार घटेको बजार यो साता बढ्यो, नेप्सेको चार्टमा ‘बुलिस स्पिनिङ’ क्याण्डल
New Office

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । यो साता ५ दिनको कारोबारमा ३ दिन नेप्से बढ्यो भने २ दिन मात्रै घट्यो  ।  

अघिल्लो साता २ हजार ७५८ को बिन्दुमा बन्द भएको बजार यो साता २ हजार ७८१ को बिन्दुमा बन्द भयो । यस हिसाबले यो साता २३ अंकले बजार बढ्यो, अघिल्लो साता चाहिँ त्यसअघिको साताको तुलनामा बजार ३०.३९ अंकले घटेको थियो  । 

यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ३२.२६ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता २९.७७ अर्बको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा बढोत्तरी भयो । यो साता बजार बढ्दा बजार पूँजीकरण ४६.४७ खर्ब रह्यो ।  अघिल्लो साता यस्तो कारोबार ४६ खर्ब ८ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति ३९ अर्बले बढ्यो ।  

क्याण्डल स्टिकको आधारमा  

यो साता साप्ताहिक रुपमा स्पिनिङ टप क्याण्डल बनेको छ । स्पिनिङ टप क्याण्डल भनेको आफैंमा एक अनिर्णयको क्याण्डल मानिन्छ । यो क्याण्डललाई रिभर्सल क्याण्डल पनि भनेर बुझिन्छ । यदि लामो समयको बढ्दो बजारमा यस्तो क्याण्डल बन्छ भने यसले बजार तल जाने संकेत गर्छ । तर यदि घट्दो बजारमा यस्तो क्याण्डल बन्छ भने यसले बजार माथि जाने संकेत गर्छ । तर यसको निश्चितताका लागि अर्को क्याण्डलको कन्फरमेसन पछि मात्रै बजारको दिशा निक्र्यौल गर्न सकिन्छ ।  

साप्ताहिक रुपमा हाल नेप्सेमा बनेको क्याण्डल ४ साता लगातार घटेको बजारमा यस्तो क्याण्डल बनेको कारण सम्भावित रुपमा बजारले अप ट्रेन्डको सम्भावना रहन्छ । जसलाई यो साताको कारोबारले पनि पुष्टि गर्छ । यो साता बजार बढ्दा कारोबारमा पनि सुधार आएको देखिन्छ ।  

(माथि मुख्य तस्विरमा हेर्नुस्)

मुभिङ एभरेजको आधारमा  

यो साता नेप्सेले ५० दिने मूभिङ एभरेज रेखामा सपोर्ट लिएको छ । (हेर्नुहोस तस्बिरमा )मुभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गर्छ । अघिल्लो साता यो रेखाबाट माथि लागेको रेखाले यो साता सपोर्टको काम गरेको देखिन्छ ।  

 

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डलबाट नियाल्दा यो साता बजारले मध्यब्याण्डमा सपोर्ट लिएको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ, तर हिस्टोग्राम फिक्का र छोटा छोटा हुँदै गरेको देखिन्छ । साप्ताहिक रुपमा आरएसआई न्यूट्रल जोन माथि नै चलेको देखिन्छ ।  

पिभट प्वाइन्ट   

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्ने विधि हो । यही विधिअनुसार हेर्दा अब बजारको सम्भावना यस्तो देखिन्छ :

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८३६

प्रतिरोध २ – २८१९

प्रतिरोध १–  २७८८

पिभट प्वाइन्ट: २७७२

 

घटेमा सपोर्ट 

सपोर्ट १– २७४१

सपोर्ट २– २७२५

सपोर्ट  ३ –२६९४

निश्कर्ष: यो साता लगातार ४ साता गिरावट आएको बजारमा ब्रेक लाग्यो । यो साता बजार बढ्दा कारोबार पनि बढेको छ । मूभिङ एभरेज रेखाबाट नियाल्दा यो साता बजार ५० दिने रेखाभन्दा माथि टिकेको देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा ओभरसोल्ड जोनबाट फर्केर हाल २५ को तहमा चलेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट डेलीबेसमा नियाल्दा साताको अन्तिम कारोबारमा एउटा हायर लो बनाउन खसेको सम्भावना रहन्छ । आरएसआई पनि बढ्दो गतिमा ४६ को तहमा चलेको देखिन्छ । यसरी विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले एउटा करेक्सन सकेर यूटर्न लिँदै गरेको मान्न सकिन्छ ।  

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.