बिहीबार, श्रावण २१,२०८३ 03:47:51
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:47:51
Bizshala
Global IME Bank Limited

नेपालमा फेसबुक बन्द, इन्टरनेट प्रदायकबाट सरकारी निर्देशनको पालना सुरु

नेपालमा फेसबुक बन्द, इन्टरनेट प्रदायकबाट सरकारी निर्देशनको पालना सुरु
New Office

काठमाण्डौ । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक बन्द हुन थालेको छ।  

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले एकपछि अर्को निर्णय गर्दै आफ्ना ग्राहकहरुको डिभाइसमा फेसबुक चल्न नसक्ने बनाउन थालेका हुन् । 

सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालहरु क्रमशः बन्द गर्ने निर्णय गरेसँगै दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको र प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको थियो । त्यसको रेसपोन्समा एनसेलले आफ्नो नेटवर्कमा फेसबुक नचल्ने बनाइसकेको छ ।  

यो क्रममा देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले पनि केहीबेरअघिदेखि फेसबुक नचल्ने बनाएको छ । यो कम्पनीको इन्टरनेट प्रयोग गर्नेहरुको डिभाइसमा केहीबेरअघिदेखि फेसबुक चल्न छाडेको छ ।  

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार, सरकारले दिएको निर्देशनको पालना गर्दै फेसबुक बन्द गरिएको हो। वर्ल्डलिंकको आईपी एड्रेसमार्फत अब फेसबुक चल्दैन ।  

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले पनि फेसबुक बन्द गर्ने प्रक्रिया सुरु भइसकेको र सबै प्रदायकमार्फत पूर्ण रूपमा बन्द हुन केही समय लाग्ने प्रष्ट पारे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.