काठमाण्डौ । जेन–जीको प्रदर्शन उग्र बन्दै गएपछि इटहरी,भैरहवा र बुटवलमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
यस्तै रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको छ । कर्फ्यू जारी गरिएको स्थानमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।