मंगलवार, श्रावण ५,२०८३ 05:12:30
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:12:30
Bizshala
Global IME Bank Limited

एक्सले भन्यो-'भ्रष्टाचार र अपारदर्शिताले उच्च रहेको मुलुकमा दर्ता हुँदैनौं, पत्र देखेपछि क्रूद्ध भए ओली'

एक्सले भन्यो-'भ्रष्टाचार र अपारदर्शिताले उच्च रहेको मुलुकमा दर्ता हुँदैनौं, पत्र देखेपछि क्रूद्ध भए ओली'
New Office

काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' (पहिलेको ट्विटर) ले नेपाल सरकारलाई पत्र लेखेर भ्रष्टाचार र अपारदर्शिताले उच्च रहेको मुलुकमा दर्ता नगर्ने निर्णय गरेको जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाइएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव एकनारायण अर्यालमार्फत पढाएर सुनाएका थिए। पत्र पढेपछि प्रधानमन्त्री ओली क्रुद्ध बनेका थिए। एक मन्त्रीका अनुसार, ओलीले भने, “भ्रष्ट मुलुकमा दर्ता गर्न आउँदिन भन्नु ? हामीले तपाईंलाई दर्ता गरेर चलाउन, नाफा कमाउन भन्नेको सन्दर्भमा पनि यस्तो शैलीको जवाफ? अरूलाई सह्य होला, तर मलाई हुँदैन।”

मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकाउने निर्णय नगर्दा कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगे। देउवाले सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिनु भएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्रमार्फत खोल्न निर्देशन दिएका छन्।

यसअघि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स, युट्युब लगायतका प्लेटफर्महरूलाई दर्ताका लागि आह्वान गरेको भए पनि उनीहरूले अटेर गरेकाले गत १९ गतेदेखि यी प्लेटफर्महरूमा पहुँच बन्द गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.