बिहीबार, श्रावण २१,२०८३ 01:29:25
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:29:25
Bizshala
Global IME Bank Limited

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'
New Office

काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो ।  

यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए ।  

दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो । 

जेनजीहरुको समेत विभिन्न समूहले आफूलाई आधिकारिता दाबी गर्दै जंगीअड्डाको व्यस्तता बढाइदिए । सैनिक नेतृत्वले समेत भ्याएसम्म धेरैको कुरा सुन्ने काम गर्यो ।  

जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाएपछि जंगी अड्डा अगाडि अझ ठूलो भीड भयो ।  

त्यसबेलासम्म धरानबाट हर्क साम्पांग समेत भीडमै मिसिएर जंगीअड्डा पुगिसकेका थिए । दुर्गा प्रसाई उनी पुग्दा भर्खरै त्यहाँबाट छलफल गरी निस्किएका थिए ।  

केही जेनजी समूहले सुशीला कार्कीको नाम अगाडि बढाएपछि त्यसको विरोध गर्न ठूलो समूह जंगी अड्डाको गेटमा पुग्यो र नाराबाजी गर्यो । नाराबाजी निकैबेर चल्यो । त्यहाँ सुशीला कार्कीको नाममा त्यो समूहले असहमति जनाएको थियो । उनीहरुले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पांग जस्ता युवाले सरकारको नेतृत्व लिनुपर्ने माग गरेका थिए । 

उनीहरुले माग मात्र राखेनन्, नाराबाजीलाई समेत अबेरसम्मै निरन्तरता दिइरहे, जसका कारण जंगी अड्डाको आवातजावत नै प्रभावित बन्न पुग्यो ।  

दिनभरको प्रधानमन्त्री बनाइदिन भन्दै आउनेहरुको लर्को, जेनजीका विभिन्न समूहहरुसँगको एकपछि अर्को वार्ता र स्टेक होल्डरहरुसँगको ब्याक टू ब्याक छलफल गरेको नेपाली सेनाले केहीबेरअघि माइकिंग गर्दै सबैलाई भोलि आउन भनेको छ ।  

माइकिंगमा सेनाका प्रतिनिधिले भनेका छन् -'तपाईहरुको कतिवटा समूह हो, नेता को हो, उसको सम्पर्क नम्बरसहित यहाँ नाम टिपाउनुहोला । हामी तपाईहरु सबैलाई छलफलमा बोलाउनेछौं । अहिले घर जानुहोला, भोलि आउनुहोला ।'  

सेनाको माइकिंग पछि अहिले जंगीअड्डाबाट युवाहरु घरतर्फ लागेका छन् । सो क्षेत्र केही शान्त देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.