मंगलवार, श्रावण १२,२०८३ 01:03:51
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:03:51
Bizshala
Global IME Bank Limited

सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय

सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय
New Office

काठमाण्डौ । आगजनी र तोडफोडका कारण करिब एक सातादेखि ठप्प रहेको सर्वोच्च अदालत आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट)ले आगामी भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र सुनुवाइ प्रारम्भ गर्ने निर्णय गरेको हो।

गत मंगलबार जेनजी आन्दोलनकारीको उग्र प्रदर्शनपछि सर्वोच्चमा आगजनी र तोडफोड हुँदा सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो। तर बिहीबार बसेको आकस्मिक बैठकपछि सर्वोच्चले एक विज्ञप्ति जारी गर्दै नागरिकका मौलिक हक र न्यायमा पहुँच सुनिश्चित गर्न सेवा क्रमशः सुरु गर्ने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले न्यायपालिकामाथि दिएको दायित्व निर्वाह गर्दै, जनतामा निहित सार्वभौमसत्ता, विधिको शासन र मौलिक अधिकारको प्रत्याभूति कायम गर्न अदालत जे जस्तो परिस्थिति भए पनि दृढ रहन्छ।”

बैठकले सर्वोच्चसहित विभिन्न अदालतमा भएका आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै नेपालको न्यायिक इतिहासका महत्वपूर्ण अभिलेखहरू करिब नष्ट भएको उल्लेख गर्दै यो क्षति गम्भीर रहेको ठहर गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.