आईतवार, श्रावण १०,२०८३ 01:12:51
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 01:12:51
Bizshala
Global IME Bank Limited

दशैंको अग्रिम टिकट बुकिङ खोल्न समिति गठन, सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

दशैंको अग्रिम टिकट बुकिङ खोल्न समिति गठन, सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय
New Office

काठमाण्डौ । दशैं लगायतका चाडपर्वमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्न समिति गठन गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहने गरी समिति गठन गरिएको हो ।  

उक्त समितिले सरोकारवाला निकायसँगको सहकार्य र समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्नेछ ।  

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोवारवालसँग सिंहदरबारमा छलफल भएको थियो । उक्त क्रममा जेनजी आन्दोलनका कारण ठप्प रहेको सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गर्ने निर्णय समेत भएको छ ।  

यसका साथै ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय समेत भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.