• सोमबार, भाद्र ३०,२०८२ 03:04:44
Global IME Bank Limited

कोभिडकालपछि सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको प्रष्टोक्ति

हिल्टन होटल लगायतका व्यवसाय नयाँ शिराबाट सुरु गर्ने घोषणा

Hyundai Nepal
कोभिडकालपछि सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको प्रष्टोक्ति

काठमाण्डौ । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपले एक संयुक्त विज्ञप्ति जारी गर्दै जेन जेडका अगुवा सुदन गुरुङसँग आफूहरुको कोरोनाकालमा चिनजान भए पनि त्यसयता कुनै सम्बन्ध र सहकार्य नभएको प्रष्ट पारेका छन् ।  

इन्फिनीटि होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुमा सुदन गुरुङसँग आफ्नो नाम जोडेर गलत सूचना फैलाइएपछि ध्यानाकर्षण भएको जनाएका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

"विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नुपर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं । त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।" विज्ञप्तिमा भनिएको छ- "हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ । त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन ।"  

कुनै सरोकार र सम्बन्ध नै नभएको विषय ल्याएर सञ्चारमाध्यमहरुले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खबरहरु प्रकाशन गरेकोप्रति विज्ञप्तिमा दुःख व्यक्त गरिएको छ । "यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन/प्रसारण गरेको देखिएको छ ।"-विज्ञप्तिमा अगाडि भनिएको छ ।

नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।

जेनजी आन्दोलनका नाममा अराजक समूहहरुले यी दुई संस्थाबाट प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टनलाई आगो लगाएर ध्वस्त बनाएका थिए । सो घटनाको विषयमा पनि दुवै संस्थाले पहिलो सार्वजनिक प्रतिक्रिया व्यक्त गरेका छन् । "विभिन्न बाधाव्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ । यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ ।" विज्ञप्तिमा भनिएको छः "यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।" 

हिल्टन होटलको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार फैलाएका र त्यसकै कारण होटल अहिले अराजक समूहको शिकार बनेको दाबी गरिएको छ । "जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।"-विज्ञप्तिमा भनिएको छ ।  

होटल खरानी भए पनि आफूहरु विचलित नभएको र होश नगुमाएको विज्ञप्तिमा प्रष्ट पारिएको छ । संकटको घडीमा फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट सुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।  

"हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं ।" विज्ञप्तिमा भनिएको छ-"यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।"

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.