काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संसद् विघटनको विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गर्दै आन्दोलनको क्रममा भएको तोडफोड, आजगजी र लुटपाटको निन्दा र भर्त्सना गरेको छ ।
बैठकमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग पनि गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।