सोमबार, श्रावण ११,२०८३ 12:26:53
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 12:26:53
Bizshala
Global IME Bank Limited

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर
New Office

काठमाण्डौ । मोटरसाइकल ब्रान्ड बजाजले काठमाण्डौमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।

ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारी साधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, अतिरिक्त भ्यालुएसन रु. १० हजारसम्मको,आकर्षक नगद छुट, फ्री एक्सेसरीज, र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, सहभागीले प्रत्येक दिनहुने लक्की ड्रमार्फत रु. ५० हजारसम्म जित्ने अवसर पाउनेछन् । साथै, ‘चेतक एक्सपिरियन्स जोन’मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ ।  

यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

त्यस्तै, नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आय स्रोतको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्नेछैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा रु. ५० हजार नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई रु. १ लाख नगद,  चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.