बिहीबार, श्रावण २८,२०८३ 01:44:24
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:44:24
Bizshala
Global IME Bank Limited

आईफोनको सेभेन्टिन सिरिज नेपालमा, अधिकतम मूल्य रु. ३ लाख ९८ हजार

Prabhu Bank Limited
आईफोनको सेभेन्टिन सिरिज नेपालमा, अधिकतम मूल्य रु. ३ लाख ९८ हजार
New Office

काठमाण्डौ । एप्पलले हालै सार्वजनिक आईफोन सेभेन्टिन(आईफोन १७) का विभिन्न सेरिजहरु नेपाल आइपुगेको छ ।  

नेपालका लागि आईफोनको आधिकारिक बिक्रेता जेनेक्स्ट कम्युनिकेसन प्रालि(जेनेक्स्ट)ले नेपालमा आईफोनको सिक्सटिन सेरिज आधिकारिक रुपमा बजारमा ल्याइएको एक विज्ञप्तिमार्फत प्रष्ट पारेको हो । 

आईफोन सेभेन्टिन सेरिज अन्तर्गत आईफोन सेभेन्टिन, आईफोन एयर, आईफोन सेभेन्टिन प्रो, आईफोन सेभेन्टिन प्रोम्याक्स नेपाली बजारमा उपलब्ध रहेको बताइएको छ ।  

भोलि(सेप्टेम्बर २६)देखि देशैभर उपलब्ध हुने आईफोनका विभिन्न सिरिजहरुको नेपाली मूल्य समेत सार्वजनिक गरिएको छ । जसअनुसार आईफोन सेभेन्टिन ५१२ जीबीको मूल्य १ लाख ९७ हजार ९९९ रुपैयाँ तोकिएको छ भने आईफोन सेभेन्टिन प्रोम्याक्स(२ टीबी)को मूल्य ३ लाख ९७ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

आईफोन सेभेन्टिन सिरिजको खरीदमा कम्पनीले दुईपटक स्क्रिन रिप्लेसमेन्ट फ्रि, दुईपटक ब्याकग्लास रिप्लेसमेन्ट फ्री, साथै एकवर्षको एक्सटेन्डेन्ड वारेन्टीको साथमा २० वाटको ओरिजिनल एडाप्टर निःशुल्क दिनेछ ।  

कम्पनीले १० दिनका लागि विशेष अफर पनि सार्वजनिक गरेको छ । जसअनुसार १० दिनभित्र खरीद गर्ने ग्राहकका लागि लक्की डमार्फत १७ जनाले एप्पल वाच सिरिज ११ र  १०० जनाले एयरपड फोर जित्न सक्नेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.