काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.६० रुपैयाँ र बिक्रीदर १४२.२० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६३.७९ रुपैयाँ र बिक्रीदर १६४.४८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.९६ रुपैयाँ र बिक्रीदर १८८.७६ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५५ रुपैयाँ र बिक्रीदर ३८.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८८ रुपैयाँ र बिक्रीदर १९.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.५१ रुपैयाँ र बिक्रीदर ३३.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८५ रुपैयाँ र बिक्रीदर ३९.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.१६ रुपैयाँ र बिक्रीदर ४६३.११ रुपैयाँ कायम भएको छ